४१ थान अवैध मोबाइलसहित दुई जना पक्राउ « Khabarhub

४१ थान अवैध मोबाइलसहित दुई जना पक्राउ


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त मोबाइलसहित पक्राउ गरेको हो ।

मोबाइलको अन्दाजी मूल्य २ लाख ८७ हजार रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : २८ बजे

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको