पशु बिमा कार्यक्रम अलपत्र | Khabarhub Khabarhub

पशु बिमा कार्यक्रम अलपत्र


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एक आर्थिक वर्षपछि नै पशु बिमा कार्यक्रम अलपत्र परेको छ । पशु पालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षीत गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५र०७६ मा पशु बिमा कार्यक्रम सुरु गरेको थियो ।

सुरुका वर्ष १७ वटा बाख्रा र ६ वटा बंगुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६र०७७ बाट पशु बिमा नविकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए ।

वर्ष दिनको अवधिमा किसानले दुई वटा बाख्राको बिमा वापतको रकम पाएका थिए । कतिपय किसानले पशु बिमा दावी गर्न आउँदा बिमा नविकरण नगरेको पाइएपछि रित्तो फर्काइएको थियो ।

नेपाल सरकारको केन्द्रिय कार्यक्रम अनुशार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्सुरेन्स कम्पनीले अभिकर्ता अभावमा वीमा नविकरण गर्न नसकेको जनाइएको छ । बिमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु विमा गर्न सहयोग गरेका थिए । पशु बिमालाई पुनस् निरन्तरता दिनका लागि पहल भइरहेको पशु सेवा शाखाका प्रमुख राजभण्डारीले बताए ।

ग्रामिण क्षेत्रका किसानको मूख्य सम्पतीको रुपमा रहेको गाई, भैंसी, बंगुुर मर्दा हुने आर्थिक क्षतीबाट जोगाउनका लागि गाउँपालिकामा पशु वीमा कार्यक्रम लागू गरिएको थियो । बिमा गरेको एक वर्षभित्र पशु मरे वा क्षती पुगेमा किसानलाई बिमांक रकमको ९० प्रतिशत रकम प्रदान गर्नेगरी गाउँपालिकामा पशु बीमा सुरु गरिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : १९ बजे

अर्थसंक्षेप : मौद्रिक नीति खुकुलो आउन नहुने अर्थविद्को भनाइ, भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशतमात्रै

काठमाडौं– अर्थविदहरुले राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउन नहुने बताएका

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई

भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको

हे भगवान् ! रास्वपाको रक्षा गर !

काठमाडौं-  मानिसहरुले वास्ता नगरेको नेपाली राजनीतिले एउटा सामान्य सिद्धान्त बनाइरहेको

बाढी–पहिरोबाट कसरी जोगिने ? यस्ता छन् प्रहरीका सुझाव

काठमाडौं–  मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरोले भौतिक तथा