सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमत नपुग्दा अस्वीकृत | Khabarhub Khabarhub

सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमत नपुग्दा अस्वीकृत


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन् ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको मत विभाजनमा ‘हुन्न’ भन्ने पक्षमा २२ मत र ‘हुन्छ’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उनीको समर्थकमा पृथ्वीबहादुर सिंह छन् ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले) की जानकी ऐर बमले राख्नुभएको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २२ र ‘हुन्न’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल छन् ।

आजको बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती खड्का अनुपस्थित थिए । नागरिक उन्मुक्तिका सबै सात सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा तटस्थ बसेका थिए । सभामुखको भूमिकामा रहेका नेपाली कांग्रेसका शिवराज भट्टले मत विभाजनमा भाग लिएका थिए ।

सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । सअघि बिहीबार बसेको बैठकमा भएको सभामुख निर्वाचनसम्बन्धी दुई प्रस्ताव पनि आवश्यक बहुमत नपुग्दा अस्वीकृत भएको थियो ।

उक्त दिनको मत विभाजनमा सत्ता पक्ष एमालेका एक र नागरिक उन्मुक्तिका एक सदस्य अनुपस्थित हुनु भएको थियो भने सत्ता पक्षकै एक सदस्यको मत बदर भएको थियो ।

आजको बैठकमा सभामुखको भूमिकामा रहेका भट्टले सभामुख चयन गर्न आवश्यक बहुमत सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराए ।

भण्डारी सत्ता पक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट र रावल नेपाली कांग्रेसका तर्फबाट सभामुखको उम्मेदवार छन् । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, राप्रपाका सदस्यले मत जाहेर गरेका थिए । रावलको पक्षमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र सदस्यले मत जाहेर गरेका थिए ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा काँग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य छन् ।

आजको बैठकको प्रारम्भमा दिइएको विशेष समयमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, माओवादी केन्द्रका रमेशसिंह धामी, एमालेका धर्मराज पाठक, नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले समसामयिक विषयमा धारणा राखेका थियो । अर्को बैठक यही माघ २ गते बिहान ९ बजे बस्ने कार्यक्रम छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । आउने माघ २ गते यो अवधि पूरा हुँदैछ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : १७ बजे

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ

जिनेभा– संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ‘एक घर, एक

पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते

लिमा– पेरुको मध्य क्षेत्र जुनिनमा एक  बस दुर्घटनामा कम्तीमा १८