‘हजार जुनीसम्म’ को भट्टीवाली गीतमा दीपाश्री बनिन् शर्मिला « Khabarhub

‘हजार जुनीसम्म’ को भट्टीवाली गीतमा दीपाश्री बनिन् शर्मिला


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – भदौ ६ देखि प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को एक गीतमा दीपाश्री निरौला र आर्यन सिग्देललाई रोमान्टिक मुडमा देखिने भएको छ । निर्माण टिमले गीत छायांकनका केही तस्वीर आउट गरेको छ ।

सार्वजनिक गरिएका तस्वीरमा दीपाश्री निरौला र आर्यन सिग्देलले रोमान्स गरेको देख्न सकिन्छ । यस्तै अर्का अभिनेता शिवहरि पौडेल पनि तस्वीरमा देखाइएको छ । गीतमा दीपाश्री निरौलाले शर्मिलाका रुपमा आफूलाई प्रस्तुत गर्नेछिन् । निर्माण टिमका अनुसार दीपाले भट्टीकी साहुनी का रुपमा भिडियोमा आफ्नो प्रस्तुति दिनेछिन् ।

यस्तै गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर सुन्न सकिनेछ ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा छ । फिल्ममा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १२ : ३७ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले