एक करोडको माछा पोखरी, अनुदानमा सहकारीको लापरबाही « Khabarhub

एक करोडको माछा पोखरी, अनुदानमा सहकारीको लापरबाही


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ ‘बालुवामा पानी खनाए’ जस्तै भएको छ।

भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई अनुदानमा आर्थिक वर्ष ०७६/७७-०७८/७९ सम्म एक करोड रुपैयाँ माछा पालन भन्दै भुक्तानी भएको छ। तर उक्त सहकारीले कामै नगरी रकम कुम्याएको छ। जमिनबाट पानी निकालेर माछा पोखरीमा प्रयोग गर्ने भन्दै स्थापना गरिएको डिप बोरिङ मेसिनसमेत खिया लागेर काम नलाग्ने अवस्थामा छ।

भुरा उत्पादनका लागि हेचिङ पलान्टसमेत अलपत्र परेको छ। चालू आर्थिक वर्ष २०७८/७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताएका छन्। अघिल्लो वर्षको रकम भुक्तानी हुने क्रममा रहेको उनले सुनाए। ढिला फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो। अहिले भुरा उत्पादन हुने भनिएको ठाउँमा रहेका पोखरी चिराचिरा परेका अवस्थामा छन्।

पोखरी बचाउन राखिएका घेरबार भत्किएको छ। पोखरीभित्र राखिएको प्लास्टिकहरू च्यातिएर काम नलाग्ने अवस्थामा छ। शक्तिकेन्द्रको पहुँचमा उक्त बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पार्दा प्रदेश सरकारको बजेट मात्र खेर गएको कर्मचारीहरू बताउँछन्।

माछापालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम अनियमितता गरेको स्थानीयबासीको आरोप छ। ‘अहिले न यहाँ भुरा उत्पादन भए, न त माछापालन नै भयो । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाई ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान दिँदैन।’ कार्यालय प्रमुख कलमबहादुर महतराले गुनासो सुनाए।

अहिले फेरि सोही ठाउँमा १० लाख रकम आएकोसमेत उनले बताए। पोखरीमा अहिले माटो भारी मात्रामा रहेको छ। सहकारीका अध्यक्ष शेरबहादुर बस्नेतलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ११ : २५ बजे

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

कञ्चनपुर – कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक