किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह | Khabarhub Khabarhub

किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताएकी छिन् ।

बारा उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अगाडि बढ्ने बताइन् ।

उनले मुुलुक कृषि क्षेत्रको विकासमार्फत् नै आत्मनिर्भर हुने भन्दै कृषि क्षेत्रका योजना कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री साहले कलैयामा आधुनिक कृषि बजार निर्माण गर्ने भन्दै कृषि बजार बनाउन छिट्टै प्रक्रिया सुरु गर्ने बताइन् । जिल्लामा उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधानका लागि आफूले पहल गर्ने पनि उनको भनाइ छ ।

कार्यक्रममा संविधानसभाका सदस्य प्रमोद गुप्ता, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, सङ्घका पूर्वअध्यक्ष तेजनारायण साह, सङ्घका वर्तमान महासचिव रामअशिष साहलगायतले आफ्नो विचार व्यक्त गर्दै जिल्लाको सम्रग विकासमा चासो राखेर काम गर्न मन्त्री साहलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ५० बजे

त्रिवेणी सिन्थेटिकले तिर्‍यो बक्यौताको पहिलो किस्ता : काटिएको विद्युत लाइन जोडियो

काठमाडौं – बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज

तीन महिनामा वीरगञ्ज नाकाबाट दुई खर्ब १८ अर्बको सामान आयात

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई

हङ्कङ सिक्सेस क्रिकेट : दक्षिण अफ्रिकासँग नेपाल पराजित

काठमाडौं– हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको