जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिए | Khabarhub Khabarhub

जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिए


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । 

पर्यटक आगमन उत्साहवर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। उनले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गरे । 

जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन् । अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ ।

सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ । 

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । 

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ३९ बजे

बजेटमै फट्याइँ : अर्थमन्त्रीदेखि योजना आयोगका पदाधिकारीले हुले खुद्रे आयोजना

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

काठमाडौं– टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ परेका छन् ।

मन्त्रालयगत खर्चमा कमजोर गठबन्धन सरकार, उद्योगको २२ प्रतिशत, सहरी विकासको २७ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म मन्त्रालयगत

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन्

सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागूऔषध’ हो : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना र विद्युतीय अपराधको जड