थुनुवा फरार घटना : थप एकजना पक्राउ | Khabarhub Khabarhub

थुनुवा फरार घटना : थप एकजना पक्राउ


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गए राति पक्राउ गरेको हो। उनी मथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन्।

यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए। सिंहलाई मङ्गलबार राति र मण्डललाई मङ्गलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो। गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए। चार जना पक्राउ परेपनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : ५५ बजे

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी

मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादन घट्यो

काठमाडौं– पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने

क्लब विश्वकप : युभेन्ट्सको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबलमा युभेन्ट्सले विपक्षीको पोस्टमा ५

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने बुझ्दै किसान

बेनी– बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र