प्रेस चौतारीको पुरस्कार वितरण आज | Khabarhub Khabarhub

प्रेस चौतारीको पुरस्कार वितरण आज


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ।

२२ माघ काठमाडौँमा हुन गइरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम विभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए। उनका अनुसार वरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठित समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ।

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ।

यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र  चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई दिन लागिएको चौतारीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ४६ बजे

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मरे

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत

तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान सुरु

सिमकोट – सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा

‘अन्डरवर्ल्ड’मा ‘सुपारी’बाट कसरी तय हुन्छ हत्या योजना?

नयाँ दिल्ली– सन् १९९७ अगस्त १२ का दिन म्युजिक कम्पनी

लोपउन्मुख मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा

काँक्रेविहार –आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट

सुपा देउराली पुग्ने सडकको विस्तार

अर्घाखाँची– देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने