पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या | Khabarhub Khabarhub

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वी नवलपरासीमा कारागार नहुँदा कैदीबन्दीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । कारागार नभएपछि यहाँका कैदीबन्दीलाई पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता छ ।

संविधान जारी भएपछि नयाँ जिल्लाका रूपमा रहेको पूर्वी नवलपरासीमा कारागारको स्थापना नहुँदा यहाँका कैदीबन्दीलाई अदालतको फैसलापछि पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता रहेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

जिल्लामा कारागार नहुँदा सुरक्षा चुनौती, जनशक्ति व्यवस्थापनमा समस्या र कार्यालयलाई आर्थिक भार थपिएको प्रमुख तिवारी बताउँछन् । “गाडीबाटै सबैभन्दा चितवनको भरतपुर कारागार पु¥याउन पनि बाटोको कारणले करिब डेढ घण्टा लाग्छ”, उनले भने, “पश्चिम नवलपरासीको परासी पु¥याउन अझै बढी समय लाग्छ ।” उनका अनुसार जिल्लाबाहिर कैदीबन्दी पठाउनुपरेकाले उनीहरूका आफन्तलाई भेटघाटका लागि समेत समस्या हुने गरेको छ ।

संविधान जारी हुनुअगाडि एउटै जिल्ला रहेको नवलपरासी दुई जिल्लामा विभाजन भएर पूर्वी र पश्चिम नवलपरासी दुईवटा जिल्ला बनेसँगै साविक नवलपरासीको जिल्ला कारागार पश्चिम नवलपरासीमा परेकाले पूर्वी नवलपरासी कारागारविहीन बनेको हो । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराइएको तथ्याङ्कअनुसार अदालतबाट गत आर्थिक वर्ष ०७८÷०७९ मा पुर्पक्षका लागि एक सय ७४ जनालाई कारागार पठाइएको थियो । तीमध्ये ९४ जनालाई चितवनको भरतपुर, ६८ जनालाई पश्चिम नवलपरासीको परासी कारागार, पाँच जना बालबालिकालाई भैरहवा र सात जना बालबालिकालाई पोखरा बाल सुधारगृह पठाइएको हो ।

त्यसैगरी गत आवमा जिल्ला अदालतबाट दुई सय ६२ जनालाई कैद सजाय तोकिएर उनीहरुलाई भरतपुर र परासी कारागार पठाइएको जिल्ला अदालतका तहसिलदार लालबहादुर क्षेत्रीले जानकारी दिए । नयाँ जिल्ला बनेसँगै जिल्लामा स्थापना भएका अधिकांश सरकारी कार्यालय भाडाको घरबाट सञ्चालनमा आएका छन् ।

एकीकृत सदरमुकाम बनाएर सबै सरकारी कार्यालय एकै ठाउँमा स्थापना गर्नका लागि सङ्घीय सरकारको सहयोगमा कावासोती नगरपालिकाको वडा नं ३ मा एक सय ८६ बिघा वनको जमिन अधिग्रहण गरेर काम अगाडि बढाइएको छ । एकीकृत नमूना सदरमुकाममा कारागारको योजनासमेत समेटिएकाले नमूना सदरमुकामसँगै कारागार बन्ने कुरामा आशावादी रहेको प्रहरी प्रमुख तिवारीले बताए ।

एकीकृत नमूना सदरमुकाममा सङ्घीय सरकारका जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी, सशस्त्र प्रहरी कार्यालय, जिल्ला समन्वय समिति कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत, नापी कार्यालय, सुन्तला जोन र फलफूल जोन, जिल्ला निर्वाचन, जिल्ला शिक्षा समन्वय एकाइ, जिल्ला ट्राफिक, जिल्ला करदाता कार्यालय, जिल्ला हुलाक, पुनःनर्माण प्राधिकरण नवलपुर आयोग, जिल्ला कारागार रहने गरी डिपिआर तयार गरेर काम अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ८ : ३६ बजे

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा