विप्लवका ओखलढुंगा इञ्चार्जले गाली गर्दै भोजपुरमा प्रहरी जवानमाथि गोली बर्साए ! « Khabarhub

विप्लवका ओखलढुंगा इञ्चार्जले गाली गर्दै भोजपुरमा प्रहरी जवानमाथि गोली बर्साए !


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुरका उद्योगी व्यवसायीले केही समय अगाडि स्थानीय प्रशासनमा आफूहरु चन्दा आतंकबाट पीडित बनेको भन्दै गुनासो गरेका थिए ।

उद्योग वाणिज्य संघ लगायतका संघ–संस्थाहरुले पनि व्यवसायीहरु चन्दा आतंकबाट पीडित बनेको र व्यवसायीहरु असुरक्षित रहेको भन्दै स्थानीय प्रशासन र गृह मन्त्रालयकै ध्यानाकर्षण गराएका थिए ।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका एक अधिकृतका अनुसार व्यवसायीबाट चन्दा असुल गर्नका लागि लगातार फोन गर्ने र धम्क्याउने करिब ५ सय जनाको सूची छ । जसमध्येका एक हुन्, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ओखलढुंगा जिल्ला इञ्चार्ज नीरकुमार राई ।

राईले भोजपुर र ओखलढुङ्गाका व्यवसायीलाई लगातार फोन गरेर चन्दा माग गरिरहन्थे । नदिए पार्टीले ‘भौतिक कारबाही’ गर्ने उनको चेतावनी हुन्थ्यो ।

उनै नीरकुमार बुधबार भोजपुर सदरमुकाम शनिबारे हाटमा प्रहरीको गोली प्रहारबाट मारिएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सूचना संकलनका लागि खटिएको सादा पोसाकको प्रहरी टोलीमाथि आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा नीरकुमार मारिएका हुन् ।

नीरकुमारले प्रहार गरेको गोली लागेर प्रहरी जवान सञ्जीव राईको पनि मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार नीरकुमार जिल्ला सदरमुकाममा आएको भन्ने सूचनाको आधारमा उनकै विषयमा जानकारी लिन सादा पोषाकमा प्रहरी टोली खटिएको थियो ।

‘नीरकुमार काम विशेषले सदरमुकाम आएको भन्ने सूचनाका आधारमा सादा पोषाकमा प्रहरी टोली परिचालन गरिएको थियो,’ जिल्ला प्रहरी कार्यालय भोजपुर स्रोतले खबरहबसँग भन्यो ।

भोजपुर प्रहरी स्रोतका अनुसार प्रहरी जवान सञ्जीवलाई देखेपछि नीरकुमारले नै गोली चलाएका थिए । प्रहरी जवान सञ्जीवसँग उनको पूर्व जानपहिचान भएको हुन सक्ने खबरहबको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय भोजपुरका अधिकारीको अनुमान छ ।

‘सादा पोषाकमै रहेको टोली अरु सदस्यले भनेअनुसार नीरकुमारले गाली गर्दै सञ्जीवको पछाडिबाट गोली प्रहार गरेका थिए,’ भोजपुर प्रहरीका ती अधिकारी भन्छन्, ‘नीरकुमारले करिब २ राउण्ड फायर गरेका बुझिएको छ ।’

प्रहरीले नीरकुमारको साथबाट १ थान चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित त्यसको म्यागेजिन फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले विप्लव समूहका जिल्ला इञ्चार्जसँगको भिडन्तलाई आकस्मिक घटनाका रुपमा लिएको छ । ‘हामीले अहिले उनीहरुका संभावित गतिविधि नियन्त्रणका लागि सूचना संकलन मात्रै गर्ने भनेर सक्रियता बढाएका थियौं,’ जिल्ला प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, ‘उनीहरुले नै प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायरिङ गरिएको हो ।’

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ११ : ३२ बजे

ट्राफिक जरिवाना घटाउन देशभरबाट सरकारको ध्यानाकर्षण, संशोधन नभए आन्दोलनको चेतावनी

काठमाडौं– प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा राखिएका ट्राफिक

गड्यौला मल उत्पादनमा किसानहरू

दाङ– सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै

अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप

सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा