नायिका शिल्पा पोखरेलले दिइन् छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी « Khabarhub

नायिका शिल्पा पोखरेलले दिइन् छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिल्पा पोखरेल र छविराज ‌ओझा ।


काठमाडौं – मोडल तथा नायिका शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसा गरेको आरोप लगाउँदै उजुरी दिएकी छिन् । शिल्पा र छविराज ओझा पति-पत्नी भए पनि यी दुईले मिडियामा भने यो तथ्यलाई लुकाउँदै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शिल्पाले ३ दिनअघि आफू घरेलु हिंसामा परेको उजुरी दिएकी हुन् । शिल्पाले दिएको उजुरीका आधारमा यी दुईलाई आज (बुधवार) छलफलका लागि बोलाइएको छ ।

शिल्पा र छविराजले वि.सं. २०७३ मा बिहे गरेका थिए । बिहे गरे पनि उनीहरुले सार्वजनिक रुपमा भने बिहे नगरेको बताउँदै आएका थिए । केही महिनाअघि मात्र निर्माता छविराज ओझाले एक अन्तर्वार्तामा आफू र शिल्पाले बिहे गरेको स्वीकारेका थिए ।

निर्माता ओझाले यसअघि नायिका रेखा थापासँग बिहे गरेका थिए । रेखा र छविबीचको सम्बन्ध सुमधुर हुन नसकेपछि यी दुईले डिभोर्स गरेका थिए । त्यसपछि छविले अभिनेत्री शिल्पा पोखरेलसँग बिहे गरेका थिए ।

म्युजिक भिडियोमा पनि सक्रिय शिल्पा पछिल्लो समय ओझाले नै निर्माण गरेको फिल्म ‘मंगलम्’ मा देखिएकी थिइन् । उक्त फिल्ममा शिल्पाले अभिनेता पुष्प खड्कासँग जोडी बाँधेकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : १७ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण