कारागारकाे भवन नहुँदा कैदीबन्दी राख्न समस्या | Khabarhub Khabarhub

कारागारकाे भवन नहुँदा कैदीबन्दी राख्न समस्या


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरू जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ।

सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझै पूरा  हुन सकेको छैन। विसं २०७१ मा तीन करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम थालिएको हो। भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको हो।

भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोस्टलगायत काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन। ८० पुरुष र २० महिला अट्ने क्षमताको उक्त कारागार भवन बने कैदी बन्दीलाई अरू जिल्ला लैजाने अवस्थाको अन्त्य हुने छ।

पुरानो कारागार भवन प्रयोगविहीन भएपछि दुई वर्षअघि त्यसलाई कोरोना सङ्क्रमित राख्न प्रयोग गरिएको थियो । कारागार नै निर्माण नभएपछि कैदी बन्दीलाई मुगुबाट जुम्ला, बर्दिया, सुर्खेत, कालिकोट, बाँके र दाङ लैजानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुद्दाको फैसला नहुँदासम्म कैदी बन्दीलाई प्रहरीको हिरासतमा राख्ने गरिए पनि फैसलापछि अरू जिल्लामा पठाउनुपर्ने बाध्यता छ । कैदी बन्दीलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि उत्तिकै सास्ती हुने गरेको छ । कैदीबन्दी अरू जिल्ला लगेर राख्दा आफन्तलाई भेट्न समस्या हुने गरेको छ। छायानाथ रारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले छोरो जुम्ला कारगारमा रहेकाले नौ वर्षदेखि भेट्न नपाएको बताउछन्।

कैदीबन्दी अन्य जिल्ला पुर्याउँदा कम्तीमा रु ५० हजारसम्म खर्च हुने गरेको प्रहरीले जनाएको छ । मुगुबाट बर्सेनि झण्डै २० कैदी बन्दीलाई जिल्ला बाहिर पठाउनुपर्छ। आव २०७६-७७ मा २१, आव २०७७-७८ मा १२ र आव २०७८-७९ मा १९ कैदी बन्दीलाई जिल्लाबाहिर पठाइएको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १२ : ०२ बजे

कैलालीमा चैते धान उत्पादन वृद्धि

अत्तरिया– कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं– सरकारले नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले पदबाट दिएको राजीनामा

एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार

दमौली– जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुधबार सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने

पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णयपछि विष्णु पौडेल भन्छन्- एमाले फुटाउन खोज्नेहरूको सपना तुहियो

बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरूको