घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? « Khabarhub

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ५७ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त