अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन « Khabarhub

अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वत अस्पतालमा केही समयदेखि अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन गरिएको छ । वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत  बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो । अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला तालिममा रहेका कारण उक्त सेवा  रोकिएको थियो । 

शुक्रबार सेवा प्रदान गरेसँगै अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६५ गर्भवतीको  शल्यक्रिया गरी बच्चा निकालेको अस्पताल प्रमुख रुक्मणी अधिकारीले जानकारी दिए। अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला र दुई सुरक्षित गर्भपतनसम्बन्धी नर्स तालिममा खटिएका कारण शल्यक्रिया सेवा बन्द भएकामा  चिकित्सकको उपस्थितिसँगै फागुन ५ गते साँझ विहादी गाउँपालिका–४ निवासी  बबिता भट्टराईको शल्यक्रिया गरिएको थियो ।

यसअघि विशेषज्ञको अभावमा सामान्य प्रसूति सेवाले निरन्तरता पाए पनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीलाई पोखरालगायत ठूला अस्पतालमा पठाउने गरिएको थियो । अस्पतालमा अहिले डा. हेमन्त बाँस्तोला र डा.मनिष सिंहको प्रत्यक्ष निगरानीमा जटिल  प्रकृतिका गर्भवतीको शल्यक्रियामार्फत बच्चा जन्माउने कार्य भइरहेको छ ।

 साथै हर्निया, हाइड्रोसिल, एपेन्डिक्सलगायत बिरामीले पनि शल्यक्रिया सेवा पाएका छन् । जिल्लाको एकमात्र सुविधा सम्पन्न अस्पतालमा वैकल्पिक जनशक्ति नहुँदा बेला बेलामा सेवा अवरुद्ध हुने गरेको छ । जिल्लाका सातवटै पालिकाका साथै छिमेकी बागलुङको दक्षिण क्षेत्र र पर्वतसँग सिमाना जोडिएका कास्की र स्याङजाका नागरिकले समेत यो अस्पतालबाट सेवा लिँदै आएका छन् । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : १४ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध