ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालक कारबाहीमा | Khabarhub Khabarhub

ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालक कारबाहीमा


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय ९४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सिसिटिभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सिसिटिभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा तीन हजार दुई सय ९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका एक हजार २२ गरी चार हजार तीन सय १४ जनालाई पक्राउ गरी कारबाही गरिएको जानकारी दिए ।

कार्यालयका अनुसार साउनमा तीन सय ४१, भदौमा छ सय ८०, असोजमा चार सय ८२, कात्तिकमा तीन सय ६६, मङ्सिरमा छ सय ६२, पुसमा नौ सय २५, माघमा आठ सय १४ र फागुनमा ४४ चालकलाई कारबाही गरेको हो । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रवक्ता भट्टले बताए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् ।

ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन विसं २०७४ बाट सिसीटिभी र विसं २०७५ बाट ‘सर्भिलेन्स भेहिकल’ द्वारा निगरानी गर्दै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : २६ बजे

उखु किसानको आन्दोलन : नेताहरूको ओइरो, समस्या जस्ताको त्यस्तै (तस्बिरहरू)

काठमाडौं– उखु किसानलाई सरकारले  दिँदै आएको बक्यौता अनुदान रकम ७०

बैतडीका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

बैतडी– जिल्लामा रहेका अव्यवस्थित बसोबास गर्ने, भूमिहीन सुकुम्वासी र भूमिहीन

संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र

अश्विनले आईपीएलबाट लिए सन्यास, ५ टिममा २२१ खेलबाट लिए १८७ विकेट

नयाँदिल्ली- भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल)

रास्वपा सांसदले बुझाइन् ‘भिजिट भिसा प्रकरण’मा संलग्न र आरोपित आफ्नै पार्टीका नेताविरुद्धको प्रतिवेदन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्कीले ‘भिजिट