फुसको छानो विस्थापित गर्ने अभियान | Khabarhub Khabarhub

फुसको छानो विस्थापित गर्ने अभियान


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ । फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८-७९ मा रौतहट, बारा र पर्साका विभिन्न बस्तीमा रहेका एक हजार ४७ घरबाट फुसको छानोलाई विस्थापित गरी जस्तापातासहितको सुरक्षित घर बनाइएको हो । 

विभिन्न चुनौतीहरूको बाबजुद रौतहटमा एक सय नौवटा, बारामा दुई ५४ र पर्सामा छ सय ८४ गरी एक हजार ४७ घरबाट फुसको छानो विस्थापित गरी जस्तापाताको छानो हालेर सुरक्षित आवास बनाइएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

यस्तै बारामा दुई ४३ वटा र पर्सामा तीन सय ४१  घरबाट फुसको छानो विस्थापित गर्ने कार्य अन्तिम चरणमा पुगेको र छिट्टै नै सम्पन्न गरी हस्तान्तरण गरिने प्रमुख थापाको भनाइ छ । 

उनका अनुसार रौतहटमा तीन हजार नौ सय ५७, बारामा तीन हजार चार सय २१ र पर्सामा तीन हजार आठ सय ५१  गरी ११ हजार दुई सय २९ घरबाट फुसको छानो हटाउने स्वीकृत भएकामा हालसम्म रौतहटमा तीन हजार दुई सय २०, बारामा दुई हजार छ सय २२ र पर्सामा तीन हजार छ सय ४७ गरी नौ हजार चार सय ८९ आवासको सम्झौता भई काम भइरहेको छ ।

सम्झौता भएकामध्ये रौतहटमा दुई सय १५, बारामा एक हजार पाँच र पर्सामा एक हजार आठ सय १६ गरी तीन हजार ३६ वटा आवासका लागि पहिलो किस्ता निकासा दिएको प्रमुख थापाले बताउनुभयो । बर्सेनि हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि जस्तापातासहितको सुरक्षित घर बनाउँदै आएको प्रमुख थापाको भनाइ छ । 

‘प्रत्येक घरका लागि ५० हजार रकम छुट्याइएको छ’, प्रमुख थापाले भने, ‘लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप २० हजार निकास दिने व्यवस्था छ ।’ सो कार्यक्रममा कुनै खास लक्षित वर्ग वा जात विशेषलाई नभई फुसको छानो भएका सबै परिवारलाई समेटिएको प्रमुख थापाको कथन छ ।

‘तराई मधेसका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ’, रौतहटको गरुडाका श्याम साहले भने, ‘जसका कारण बर्सेनि आगलागीको घटना हुने गरेका छन्, त्यसैले फुसको छानो हटाउनु जरुरी छ ।’ फुसको छानो हटाउन सकिए बर्सेनि हुने आगलागीको घटनामा कमी आउने उनले बताए ।  

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ४१ बजे

देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

नवलपरासी – पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

टप इन्ड टी२० : ललितको स्थानमा साहबले खेल्ने

काठमाडौं – अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः

चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो

काठमाडौं- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)