दोस्रो राष्ट्रपति रनिङ शिल्ड लीलारामलाई | Khabarhub Khabarhub

दोस्रो राष्ट्रपति रनिङ शिल्ड लीलारामलाई


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको सिद्धार्थनगरमा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि लीलाराम माध्यमिक विद्यालयले चुमेको छ । सिद्धार्थनगर नगरपालिकाकाद्वारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रूपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयले उचालेको छ ।

नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सर्वाधिक पदक ल्याई लीलाराम विजयी भएको हो । पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताका २७ विद्यालयको सहभागिता रहेकोमा  विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लीलारामले नौ स्वर्ण, नौ रजत र सात काश्य गरी कुल २५ पदक प्राप्तिसँगै राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको रूपन्देही जिल्ला खेलकुद विकास समितिका मुख्य प्रशिक्षक उमेश थापाले बताए ।

प्रथमसँगै लीलारामले रनिङ शिल्ड पनि पाएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भने । साई ग्लोबल माध्यमिक विद्यालयले पाँच स्वर्ण, चार रजत , दुई काश्य गरी कुल एघार पदक  प्राप्त गरी द्विर्तीय र तीन स्वर्ण, तीन रजत र पाँच काश्य गरी कुल एघार पदक सहित जेसिज माध्यमिक विद्यालय तृतीय भएको छ ।

समापन समारोहमा बिजेताहरूलाई स्वर्ण, रजत र काश्य पदक सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले प्रदान गरेका थिए । सोही अवसरमा दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा सिद्धार्थनगर नगरपालिकाको कार्यालय द्विर्तीय भएकोमा खेलमा सहभागी कर्मचारी खेलाडी र व्यवस्थापकलाई पनि नगरपालिकाको कार्यालयले सम्मान गरेको छ ।

यस्तै मलेसियामा सञ्चालित सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपको पुरुष तर्फ ८० र ८७ के.जी तौल समूह माथिको खेलमा स्वर्ण पदक प्राप्त सिद्धार्थनगर वडा नम्बर ८ का खेलाडीद्वय अभिषेक बराल र आशुतोष बराललाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर खेलाडीको उर्वर भुमि रहेको भन्दै आफूहरूले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र गर्दै जाने बताए । उनले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए ।

उनले सेवा सुविधाको अभावमा खेलाडीहरूले अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रर्दशन गरी राज्यको सम्मान अभिवृद्धि गर्नमा सहयोग पुर्‍याउँदै आए पनि राज्यले चाहे जति गर्न नसके पनि आफूहरूले सकेसम्म सहयोग गर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले प्रत्येक विद्यालयले खेलकुद प्रशिक्षक र खेलकुद कक्षा सञ्चालन गर्नुपर्ने बताउँदै सुधारका कार्यहरु विद्यालयले आफैबाट सुरु गर्नुपर्ने जनाइन् । उनले खेलाडी माथि राजनीति गर्न नहुने भन्दै आफूहरूले माया गर्ने गरेको बताइन् । ‘विद्यालय आफुले गर्नुपर्ने कर्तव्य पुरा गरेर सुरुवात गरोस्, हामीले के गर्नुपर्ने हो त्यो गर्न तयार छौँ,’ उनले भनिन् । 

प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल भएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयले बताइन् । उनका अनुसार एथलेटिक्स अन्र्तगत छात्र र छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार मिटर दौड साथै चार गुणे एक सय , चार गुणे चार सय मिटर रिले दौड भएका थिए ।

त्यस्तै छात्रा र छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल प्रतियोगिता सम्पन्न भएको थियो । यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ ४२ के.जी तौल समूह मुनि, ४४ के.जी मुनि, ४६ के.जी मुनि र छात्र तर्फ ४५ के।जी, ४८ के.जी, ५१ के.जी तौल समूह मुनि खेल भएको थियो । सो अवसरमा प्रर्दशनको रुपमा कराँते खेल समेत भएको थियो ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ११ : ०१ बजे

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी– सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान