निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ : मुख्यमन्त्री कार्की


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी महासङ्घ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको आज यहाँ उद्घाटन कार्यक्रममा उनले सङ्घीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्री कार्कीले पूर्वाधार निर्माणमा व्यवसायीले गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिँदै कार्य गर्दा आउने समस्या समाधानका लागि सरकार, निर्माण व्यवसायी र कामदारबीच समन्वय कायम गरी समाधान गर्ने विचार राखे ।

उनले प्रदेश सरकार निजी क्षेत्रसँग हालेमालो गरी समृद्धि कायम गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सङ्घीय सरकारले निर्माण व्यवसायका सम्बन्धमा बनाएको नीति केही त्रुटि भए त्यसलाई सच्च्याउन पहल गर्ने विश्वास दिए । महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंह, प्रदेश संयोजक कमल गौतमलगायतले सरकारले छड, सिमेन्ट, ढुङ्गा, गिट्टीको गणस्तर सम्बन्धमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिए।

साधारणसभामा प्रदेशका १४ जिल्लाका अध्यक्ष, प्रतिनिधि गरी सात सय जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ३१ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर