गुल्मीमा राँगाको तथ्यांक संकलन गरिँदै | Khabarhub Khabarhub

गुल्मीमा राँगाको तथ्यांक संकलन गरिँदै


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– गुल्मीमा राँगाको तथ्यांक संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्यांक संकलन गर्न लागेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ । राँगा पाल्ने तीन किसानलाई तीन हजारसहित सम्मानसमेत गरिएको खनालले बताए। ‘राँगाको यथेष्ट तथ्यांक संकलन गरी योजना बनाउँदै छौँ’, उनले भने ।

गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैँसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्यांक संकलन गर्न लागिएको बताए । ‘राँगाको नश्ल सुधारको योजना छ’, उनले भने। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ ।

गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ । राँगाको तथ्यांक संकलन गरी बीमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ । पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्यांक अभिलेख गर्ने गाउँपालिकाको तयारी छ । 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ८ : ५२ बजे

कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

काठमाडौं– अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन,

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

एजेन्सी– चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक

बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका

८५ प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाडौं– आज विश्व मानसिक स्वास्थ्य दिवस नेपाल लगायत विश्वभर विभिन्न