`पिंजडा´ अन्ततः भत्किने भयो ! : महामन्त्री शर्मा « Khabarhub

`पिंजडा´ अन्ततः भत्किने भयो ! : महामन्त्री शर्मा


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘पिंजडा’ भत्किन लागेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘पिंजडा’ अन्ततः भत्किन लागेको उल्लेख गरेका छन् । राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने विषयमा बहुमत दलहरूले सर्वसम्मत निर्णय गरेको जानकारी दिँदै महामन्त्री शर्माले पिंजडा भत्किन लागेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,- ‘`पिंजडा´ अन्ततः भत्किने भयो ! रास्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !’

यसअघि गत माघ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पिंजडामा राख्न खोजेको’ टिप्पणी गरेका थिए ।

त्यसअघि अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको टिप्पणी गरेका थिए । ओलीको सोही टिप्पणीको जवाफमा आफूहरुले ढोक्सा थापेको नभइ ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम