बुढासुब्बा गोल्डकप : क्यामरुन सेमी फाइनलमा « Khabarhub

बुढासुब्बा गोल्डकप : क्यामरुन सेमी फाइनलमा


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २३औँ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको आइतबार सम्पन्न खेलमा क्यामरुनको एभेनियर फुटबल क्लब विजयी भएको छ ।

धरान–१६ स्थित रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लबलाई १–० को गोलअन्तरले हराउँदै क्यामरुन सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो हाफको १४औँ मिनेटमा कप्तान गिनीको पासमा साबा अलीले गरेको एक मात्र गोल क्यामरुनलाई जितका लागि निर्णायक बन्यो । बाँकी खेल अवधिभर दुवै टोली गोल गर्ने प्रयास भए तर सबै निरर्थक साबित भए । बागमती युवा क्लबले पाएको आधा दर्जन अवसर गोलमा परिणत हुन सकेन ।

खेलको ‘म्यान अफ दी म्याच’ बागमती युवा क्लबकै आयुष राना घोषित भए । उनले नगद १० हजार पुरस्कार पाएका छन् । सोमबार झापाको केएफटिसी र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ५२ बजे

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती