मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको समूहद्वारा सुपरमार्केटमा गोली प्रहार « Khabarhub

मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको समूहद्वारा सुपरमार्केटमा गोली प्रहार


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।

बन्दुकधारीको समूहले मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोजारियो सहरस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेको जनाइएको छ ।

गोली प्रहार गरेपछि आक्रमणकारीले लिखित सन्देश छाडेका थिए । सोही सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । राजधानी ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ ।

मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा लेखिएको छ, “मेस्सी १ हामी तिमीलाई पर्खिरहेका छौँ, (मेयर) जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन ।”

रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले लागूऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् ।

मेस्सीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्टेन्टाइन राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ ।

मेस्सी हाल फ्रान्सको पेरिस सेन्ट–जर्मेन क्लबबाट फुटबल खेलिरहेका छन् ।धेरै समय उनी विदेशमा नै बिताउँछन् । यद्यपि उनी बेलाबेला रोजारियो पनि जाने गर्छन् ।

फ्युनेसको उपनगरमा उनको घर पनि छ । फ्रान्सेली टोलीले बिहीबार बिहान मेस्सीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले पनि यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् ।

सान्ता फे प्रान्तकी न्यायमन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएकी छिन् । उनले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेखेकी छिन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : २८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच