पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला « Khabarhub

पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

बैतडी – पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका जीवन बुडाल दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा मृत फेला परेका हुन् । उनको शव नजिकै नजिकै विस्फोटक पदार्थ समेत भेटिएको प्रहरीले जनाएको छ ।

बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट, टेक खत्री र मोहन ठगुन्नाका नाममा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि प्रहरीले १२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले जीवन बुडालको शव नजिकबाट बिष्फोटक पदार्थ फेला पारेपछि हिरासतमा रहेका १२ जनामाथि विस्फोटक पदार्थ ऐन अन्तर्गत थप मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान टोली बैतडी पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीवनको शव पोष्टमार्टमपछि भीसेरा परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : २१ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो