बसाइँसँगै सर्‍यो होलीको रौनक « Khabarhub

बसाइँसँगै सर्‍यो होलीको रौनक


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोधारा : असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ ।

कैलाली कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइँसराइ गरी आउनेको होली भिन्न छ । पछिल्लो समय पहाडी जिल्ला अछाम, बैतडी, दार्चुला र डडेल्धुराबाट तराईमा बसाइँसरी आउनेले पनि आआफ्नो ढङ्गले होली मनाउन थालेका छन् । यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन् भने डडेल्धुराको रुपाली होली भिन्न छ । त्यसैगरी दार्चुला बैतडीबाट बसाइसरी आएकाले होली भिन्न तरिकाले मनाउने गरेका छन् ।

हाल कञ्चनपुरमा अछाम होली, रुपाली होली र दार्चुला बैतडीको होली भिन्न–भिन्न तरिकाले मनाउन थालेका छन् । अछामबाट बसाइँसराइ गरी यहाँ आएकाले आफ्नो संस्कृति संरक्षणका लागि होली पर्व मनाएको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रुपबहादुर रावलले बताए। ‘हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ’, उनले भने, ‘अहिले संस्कृति संरक्षणका लागि बसाइँसरी जो जहाँ छौँ त्यहीँ होली मनाउने गरेका छौँ।’

त्यसैगरी डडेल्धुराको रुपालबाट बसाइँसरी कञ्चनपुर आएकाले पनि भिन्न तरिकाले होली मनाउने गरेका छन् । ुरुपालवासीको होली गाउने खेल्ने तरिका अन्य समुदायको भन्दा भिन्न छु, स्थानीय केशव जोराले भने, ुअहिले हाम्रो मौलिक होली पर्व जोगाउन यहाँ होली कार्यक्रमको आयोजना गर्ने गरेका छौँ ।ु

यता दार्चुला र बैतडीबाट कञ्चनपुर बसाइँसरी आएकाको पनि भिन्न होली छ । पाँच दिनसम्म आफन्तको घर–घरमा गएर होली खेल्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको गणेश धामीले बताए। ‘हामी लगातार पाँच दिनसम्म होली मनाउँछौँ’, उनले भने, ‘हाम्रो होलीमा रङ दल्ने मात्रै नभई लोकगाथा र लोकबाजाका साथमा नाच प्रदर्शन पनि गर्छौं।’

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : ०५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि