कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा वन अतिक्रमण बढ्यो | Khabarhub Khabarhub

कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा वन अतिक्रमण बढ्यो


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । 

कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले  अतिक्रमण रोक्ने काम वन कार्यालय एक्लैको प्रयासले मात्र सम्भव नहुने बताए । ‘सो क्षेत्रमा वनको खाली जमिन अतिक्रमण गरिन थालिएको छ, यसलाई कसरी हटाउने भन्ने विषयमा योजना बनाइरहेका छौँ’, उनले भने, ‘छिट्टै कुन क्षेत्रमा कति वन अतिक्रमण भएको छ । सत्यतथ्य बाहिर ल्याउने छौँ ।’

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा हालसम्म २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको तथ्याङकका आधारमा यो २१ प्रतिशत हो । 

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ सात असोज १२ गते तेघरी जंगलमा राजधानी तोकेलगत्तै यस क्षेत्र अतिक्रमणको उच्च चपेटामा पर्न थालेको हो । जिल्लाको गोदावरी नगरपालिका–३ गैरीगाउँमा रहेको नवज्योति सामुदायिक वनको खाली क्षेत्रमा जग्गा हडप्ने उद्देश्यसका साथ यतिबेला टहरा निर्माण भएको स्थानीयको आरोप छ । 

अतिक्रमण बढेसँगै सामुदायिक वनको क्षेत्रफल घट्दै गएको गोदावरी–३ खमौराका  पार्वती महराको भनाइ छ । गैह्रीगाउँ क्षेत्रमा जङ्गलको जमिन कब्जा गरेर बिक्री समेत भइसकेको आरोप लगाउँदै आफूहरूको विरोधको कुनै सुनवाई नभएको बताए । 

वनको क्षेत्रफल मासिँदै गएपछि एकतर्फ नदी कटानको जोखिम बढेको छ भने अर्कोतर्फ घाँस दाउराको समस्या हुन थालेको छ । नगरपालिकाले जग्गा नापीको काम अघि बढाउँदा अत्तरिया आसपासका सामुदायिक वन र सडक किनारका खाली जमिनमा अतिक्रमण बढेको स्थानीय टिकेश्वरी पनेरुको भनाइ छ । 

‘जग्गा नापीको काम भइरहेको बेला अतिक्रमणकारीले वन क्षेत्रमा कब्जा जमाउन थालेका छन्’, उनले भने। अत्तरियाको महेन्द्रनगर सडकमा रहेको गोदावरी खोला पारिको सडक किनार अतिक्रमण हुन थालेको छ । गोदावरी नगरपालिका–३ मा रहेको बडिमालिका सामुदायिक वनको तारबार गरिएको सीमा नजिकै सडक किनारको जमिन अतिक्रमणमा परेको छ । 

सुदूरपश्चिम प्रदेशको राजधानीस्थल तोकिएको तेघरी जङ्गल नजिकै रहेको हनुमान मन्दिरक्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्रमा बढी वन क्षेत्रमा पनि अतिक्रमण बढेको छ । 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  २ : ५१ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध