हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा थप दुईजना घाइते भएका छन् ।

हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३-०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चारक र स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक स्कुटर चालक नुवाकोट ककनी नगरपालिका-४ की २८ वर्षीया जीना लामा रहेका छन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलान र बागमती गाउँपालिका-८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छन् ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ५ : ४३ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन