‘राष्ट्रपतिको निर्वाचनपछि स्थितरतातर्फको नयाँ कोर्स सुरु हुन्छ’ « Khabarhub

‘राष्ट्रपतिको निर्वाचनपछि स्थितरतातर्फको नयाँ कोर्स सुरु हुन्छ’


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेकपा (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थिरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी हुन् ।

झाँक्रीले दुई वा दुईभन्दा धेरै दलहरू मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको कसीमा ठीक नभएको बताएकी छन् । झाँक्रीले कतिपय अवस्थामा वाध्यात्मक भए पनि सत्ताका लागि ‘जहाँ जे पायक पर्छ, त्यही गरिरहने’ प्रवृत्ति राम्रो नहुने उल्लेख गरिन् । उनले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै ‘फलो’ हुनुपर्नेमा जोड दिएकी छन् ।

कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, मेयर विमला राई, उपमेयर रमेश राउतले सम्बोधन गरेका थिए । 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ०० बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय