राष्ट्रपतिको निर्वाचनपछि राजनीतिमा नयाँ कोर्स सुरु हुन्छः झाँक्री « Khabarhub

राष्ट्रपतिको निर्वाचनपछि राजनीतिमा नयाँ कोर्स सुरु हुन्छः झाँक्री


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थीरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी हुन् । “राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा अस्थीरताबाट स्थिरतातर्फको एउटा नयाँ कोर्स सुरु हुन्छ ।

निर्वाचनमा राष्ट्रप्रमुखको लागि हाम्रो पार्टीले निर्णय गरिसकेको छ,” पुर्व शहरी विकास मन्त्री रहेकी झाँक्रीले भनिन्, “त्यसपछि बन्ने राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा अव राष्ट्रिय राजनीतिमा नयाँ कोर्स अगाडि जानेछ, स्थायीत्व प्राप्त गर्नेछ ।”

झाक्रीले दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको कसीमा ठीक नभएको बताएकी छन् । झाँक्रीले कतिपय अवस्थामा वाध्यत्मक भए पनि सत्ताका लागि ‘जहाँ जे पायक पर्छ, त्यही गरिरहने’ प्रवृत्ति राम्रो नहुने उल्लेख गरिन् । उनले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै ‘फलो’ हुनुपर्नेमा जोड दिएकी छन् । “हामीले यस्तो निर्वाचन प्रणाली अलवम्बन गर्‍यौं । एउटै दलले एकै पटकमा बहुमत प्राप्त गर्दैन । दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बन्ने सन्दर्भमा कहिलेकही गरिएको असल अभ्यासहरु यसो हेर्दाखेरी नैतिकताको कसीमा ठीक पनि लाग्दैन । तर कतिपय अवस्थामा वाध्यत्मक पनि हुनसक्छन्,” झाँक्रीले भनिन्, “तर केही न केही कोलिसन सरकारको मानकहरु, गठबन्धन सरकार कसरी चलाउने भन्ने केही स्टाण्डर्ड मानकहरु बनाउनुपर्छ । जहाँ जे पायक पर्छ त्यही नै कुरा गरिरहने कुरा त्यत्ति राम्रो हुँदैन । किनभने उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै फलो गर्नुपर्छ ।”

कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, मेयर बिमला राई, उपमेयर रमेश राउतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ३७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर