राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने « Khabarhub

राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका मतदाताले आफ्नो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र देखाउनुपर्ने जनाएको छ।

राष्ट्रपति निर्वाचनमा मतदाताहरूले मतदान गर्न मतदान स्थलमा जान आयोगले स्पष्ट रूपमा कानुनी व्यवस्था गरेको भन्दै ५ वटामध्ये एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो।

जसअनुसार आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित संसद् सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नुअघि देखाउनु पर्नेछ।

सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदान स्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

नयाँ राष्ट्रपतिका लागि ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ३८ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय