भारतको पञ्जाबमा खलिस्तान राज्यको माग गर्दै जुलुस निकाल्ने पृथकतावादी नेताको खोजी जारी | Khabarhub Khabarhub

भारतको पञ्जाबमा खलिस्तान राज्यको माग गर्दै जुलुस निकाल्ने पृथकतावादी नेताको खोजी जारी


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पृथक मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गर्ने एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ ।

मोबइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् । यद्यपि छुट्टै ‘खलिस्तान’ राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप लागेका अमृतपाल सिंह भने अझैसम्म पक्राउ परेका छैनन् ।

गत महिना एकजना आफ्ना समर्थकलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि ३० वर्षीय सिंह र उनका एक जना सहयोगीसहित धेरै समर्थकले तरबार, बन्दुक र चक्कु लिएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि सिंहविरुद्ध कारबाही गर्न पञ्जाब प्रहरीले खोजी अभियान थालेको हो ।

पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र स्थिति नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् ।

सोमबारदेखि मोबाइल इन्टरनेट पुनः सञ्चालन हुने अधिकारीहरूले बताएका छन् । गलत सूचना र अफवाह रोक्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरिएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ३ : ०५ बजे

‘गल्ली ब्वाइ’को सिक्वल बन्ने, हुने छैनन् रणवीर र आलिया

काठमाडौं – भारतीय र्‍यापरद्वय डिभाइन र नेजीको जीवनमा प्रेरित कथामा

बसको ठक्करबाट बालिकाको मृत्यु

मकवानपुर – मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको

तीन फिल्मको सुटिङ ढिला भएपछि रश्मिकाले मागिन् माफी

काठमाडौं – भारतीय नायिका रश्मिका मन्दना घाइते भएका कारण अहिले

काठमाडौं महानगरको ‘परम्परागत खाद्य मेला’

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना कार्यक्रम अन्तरगत

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो