न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि « Khabarhub

न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आज काठमाडौँमा सुरु हुँदैछ।

काठमाडौँ महानगरको आयोजनामा सुरु हुन लागेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान साढे १० बजे सुरु हुने सम्मेलनमा देशभरका साढे चार सय पालिकाले सहभागी जनाउने बताइएको छ।

स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाई विकास गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो।

सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा पाँच वटा कार्यपत्र प्रस्तुत हुने काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन भोलि सकिनेछ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ०९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब