द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सभामुखको ध्यानाकर्षण « Khabarhub

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सभामुखको ध्यानाकर्षण


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका हुन् । सरकारले संसदमा प्रस्तुत गरेका संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक एकपक्षीय भएको उनीहरुको आरोप छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको माग सम्बोधन नहुनेगरी सरकारले एकपक्षीय रुपमा विधेयक ल्याएको उनीहरुको भनाइ छ ।

उनीहरुले द्वन्द्वपीडितलाई संक्रमणकालीन न्यायको सिद्धान्तबमोजिम सकेसम्म चाँडो न्याय दिनेगरी कानूनमा परिवर्तन गर्न पनि सभामुखसमक्ष माग गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : १६ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने