मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति | Khabarhub Khabarhub

मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ उपसचिव दिलकुमार तामाङले बताए ।

यस अघि गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा बनेको कार्यदलले गरेको सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्ने सहमतिसहित पाँच बुँदे सहमति भएको हो । यस्तै मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ।

मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक र कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषण समेत गर्ने गरेको गुनासो रहेकोले मिटरब्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भए पश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ वमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै पीडितका नियमित उजुरी तथा गुनासोलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको सं‌योजकत्वमा जिल्लाका प्रहरी, सरकारी वकिल, नापी कार्यालय प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतसनसध र मिटरब्याज पीडितको प्रतिनिधि राख्ने र जिल्लास्तरीय समन्वय र सहजीकरण समिति गठन गर्न सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ । यससँगै पीडितहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ३७ बजे

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा