छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका-२ माथिलो चेवा बस्ने ६७ वर्षीय गोपाल भट्टराईलाई अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु २७ ग्राम ६८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 रूपन्देहीको देवदह नगरपालिका-२ ढेकावारस्थित प्रतीक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-२ बस्ने २३ वर्षीय राजेश थापा र सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सीमान्त रायमाझी रहेका छन् । वडा प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ सुनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय श्रावण तिमिल्सेना र २३ वर्षीय अनिल बूढा रहेका  छन् ।

 जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : ४४ बजे

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार