अफगान शरणर्थीको गतिविधि नियन्त्रण गर्न पाकिस्तानद्वारा नयाँ नीतिको घोषणा « Khabarhub

अफगान शरणर्थीको गतिविधि नियन्त्रण गर्न पाकिस्तानद्वारा नयाँ नीतिको घोषणा


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगान शरणर्थीको गतिविधि नियन्त्रण गर्न पाकिस्तानले नयाँ नीतिको घोषणा गरेको छ । पाकिस्तानले जारी गरेको नयाँ नीतिअनुसार मुलुकमा रहेका अफगान नागरिकले आफ्नो गतिविधिबारे नजिकको प्रहरीलाई जानकारी गराउनु पर्नेछ ।

यस नीतिअनुसार अफगान नागरिकले पाकिस्तानको एक स्थानबाट अर्को स्थानमा जान अनिवार्य रुपमा प्रहरीलाई सूचना दिनुपर्नेछ । अफगानिस्तानको खामा प्रेसका अनुसार यसबाट पाकिस्तानमा रहेका ४ लाखभन्दा धेरै अफगान शरणार्थी प्रभावित हुनेछन् ।

अफगान शरणार्थीको गतिविधिलाई नियन्त्रण गर्नका लागि घोषणा गरिएको नयाँ नीतिबारे पाकिस्तान सरकारले ठोस कारण भने उल्लेख नगरेको जनाइएको छ ।

यसअघि पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मुलुकमा रहेका अफगान शरणर्थीलाई २०२२ को डिसेम्बरसम्म नजिकको प्रहरी चौकीमा आफ्नो विवरण दर्ता गराउन अन्यथा देश छाडेर जान चेतावनी दिएको थियो ।

सन् २०२१ को अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता हजारौँ शरणार्थी पाकिस्तान पुगेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : २८ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग