नौ हजार घुस रकमसहित एक प्रहरी पक्राउ « Khabarhub

नौ हजार घुस रकमसहित एक प्रहरी पक्राउ


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई नौ हजार घुस रकमसहित पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिने भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरीक्षक सचिन यादवलाई आज अपरान्ह कार्यालय बाहिर सेवाग्राहीसँग नौ हजार घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्नहरी सहायक निरीक्षक यादबले मिर्चैयाकै दुई जना सेवाग्राही मध्ये एउटासँग मुद्दामा सहज बनाइदिने भन्दै ९ हजार नगद रकम र अर्का सेवाग्राहीसँग मुद्दादर्ता नगर्न दुई लाख रकमको माग गरेको अडियोको आधारमा पक्राउ गरेका छन् ।

पक्राउ परेका यादव पहिलादेखि नै कार्यलय प्रमुखहरूकै सहमतीमा सेवाग्राहीसँग अवैध रकम असुल्ने जुनसुकै मुद्दाको सेटिङ गराउने गरेको स्थानीय सेवाग्राही बताउँछन् । उनी पक्राउ पर्दा याहाँका सेवाग्राही निकै नै उत्साहित देखिएका छन् ।

घुस रकमसहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रक्रिया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लाने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ८ : ५० बजे

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध