नौ हजार घुस रकमसहित एक प्रहरी पक्राउ « Khabarhub

नौ हजार घुस रकमसहित एक प्रहरी पक्राउ


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई नौ हजार घुस रकमसहित पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिने भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरीक्षक सचिन यादवलाई आज अपरान्ह कार्यालय बाहिर सेवाग्राहीसँग नौ हजार घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्नहरी सहायक निरीक्षक यादबले मिर्चैयाकै दुई जना सेवाग्राही मध्ये एउटासँग मुद्दामा सहज बनाइदिने भन्दै ९ हजार नगद रकम र अर्का सेवाग्राहीसँग मुद्दादर्ता नगर्न दुई लाख रकमको माग गरेको अडियोको आधारमा पक्राउ गरेका छन् ।

पक्राउ परेका यादव पहिलादेखि नै कार्यलय प्रमुखहरूकै सहमतीमा सेवाग्राहीसँग अवैध रकम असुल्ने जुनसुकै मुद्दाको सेटिङ गराउने गरेको स्थानीय सेवाग्राही बताउँछन् । उनी पक्राउ पर्दा याहाँका सेवाग्राही निकै नै उत्साहित देखिएका छन् ।

घुस रकमसहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रक्रिया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लाने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ८ : ५० बजे

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको