दार्चुलामा किशोर किशोरी मृत फेला « Khabarhub

दार्चुलामा किशोर किशोरी मृत फेला


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा एक  किशोर र किशोरी मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका  किशोर र किशोरीको शव फेला परेको हो। किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। किशोरको शव भिरमा अड्किएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ।

उनको सनाखत हुन सकेको छैन। सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज प्रहरी निरीक्षक गोविन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ४० बजे

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा