हतियारसहित महोत्तरीमा एक जना पक्राउ « Khabarhub

हतियारसहित महोत्तरीमा एक जना पक्राउ


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलिरहेका एक जना पक्राउ परेका छन् ।

भरुवा बन्दुकको प्रयोग गरी वनमा वन्यजन्तुको सिकार खेलिरहेका बर्दिबास-१४ बस्ने भीम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् ।

बिहीबार बेलुका केही व्यक्तिहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरले अर्को एक जना अविचन सदासमेत सग्लन भएको बयान दिएका छन् । प्रहरीले वन परिसरबाट झाडीमा लुकाइएको दुई थान भरुवा बन्दुक पनि फेला पारेको छ ।

एउटा बन्दुकमा एक राउन्ड फायरिङ्ग गरेको अर्कोमा तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरिले जानकारी दिए ।

तयारी अवस्थामा रहेको बन्दुकलाई प्रहरीले डिस्पोज गरेको छ भने हातहतियारमा प्रयोग हुने सामाग्रीसहित दुई नाल बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका मगरलाई भने इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ९ : १२ बजे

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र

गोरखा–२ मा हस्ताक्षर नभएका मतपत्र भेटिएपछि विवाद, रोकियो मतगणना

काठमाडौं – गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना रोकिएको

मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ

मनाङ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा