एमाले नेता विष्णु रिजाल चीन प्रस्थान « Khabarhub

एमाले नेता विष्णु रिजाल चीन प्रस्थान


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वल्र्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेको हुन् ।

कार्यशालामा एसिया, युरोप लगायतका विभिन्न देशका २४ वटा कम्युनिस्ट पार्टीका नेताहरुले ‘विचारधाराको स्थानीयकरण तथा आधुनिकीकरण’ (लोकलाइजेसन एन्ड मोडर्नाइजेसन अफ थ्योरी) विषयमा आ–आफ्ना पार्टीहरुले अंगालेको सिद्धान्त तथा त्यसको प्रयोगका बारेमा धारणा राख्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिए ।

नेकपा (एमाले) का तर्फबाट नेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद, त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ । भोलिबाट सुरू हुने सो कार्यशाला १५ दिनसम्म सन्चालन हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : ४९ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले