कर्णाली प्रदेशले ६ दिन सार्वजनिक बिदा दिने  « Khabarhub

कर्णाली प्रदेशले ६ दिन सार्वजनिक बिदा दिने 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशले विभिन्न मितिमा सार्वजनिक बिदाको सूची जारी गरेको छ ।

सरकारले कर्णालीका दश वटै जिल्लामा लागु हुने गरि ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

प्रकाशित सूचना अनुसार जुम्लाबाहेक नौ जिल्लामा असार १५ गते तथा जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिइने भएको छ ।

साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैतै दशैं र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने भएको हो ।

यस्तै, असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइने भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ५३ बजे

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी