काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात | Khabarhub Khabarhub

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

झापा – काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।

गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिएका छद्द् । काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उनले बताए ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट रु १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक लाख ५६ हजार नौ सय ९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरले जानकारी दिए । सोही अवधिमा काँकडभिट्टा नाका भएर रु नौ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषिउपज आयात भएको छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलैँची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ५५ बजे

आन्दोलनको घोषणा गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बुधबार मानव अधिकार आयोगका अध्यक्ष

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 

काठमाडौं– देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबार

दाङखोलामा अलपत्र पुल बनाउन दबाब

म्याग्दी– दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि निर्माण सुरु

सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जी आन्दोलनका क्रममा भएको

त्रिपक्षीय छलफलमा दलबाट १६ र जेन-जीबाट १४ प्रतिनिधि सहभागी हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट