नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत  « Khabarhub

नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत 


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

बुटवल– महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ । कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिँया ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडक खण्डको काम हाल  २६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा  यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो ।  

कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनिँया ठेकेदार कम्पनीले जनाउँदै आएको छ भने चिनिँया कम्पनीले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : ३० बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर