डडेल्धुरामा पखाला : एक जनाको मृत्यु, एक सय ४८ बिरामी | Khabarhub Khabarhub

डडेल्धुरामा पखाला : एक जनाको मृत्यु, एक सय ४८ बिरामी


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ ।

उक्त गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा यो रोगले प्रभावित भएको जनाएको छ ।

पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तगडा गाउँका पखालाबाट पीडित आठ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिए ।

उनले भने, “झाडापखाला देखिएपछि यसको रोकथामका लागि पानी शुद्धिकरण गरेर उपभोग गर्ने व्यवस्था गर्न लागिएको छ, प्रभावित अन्य बिरामीको गाउँमै खटिएको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ ।”

यसबाहेक जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा परिचालन गरिएको छ । खानेपानीको मुहान प्रदूषित भएका कारण पखालाको समस्या देखिएको जनाइएको छ । खानेपानी प्रदूषित भएकाले पखाला फैलिएको जनाइएको छ । पखाला लागेमा लगातार पखाला लागिरहने, बान्ता आउने, ज्वरो आउने र शरीरमा पानीको मात्र कम भई (जलवियोजन) बिरामीको मृत्यु हुन सक्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ३७ बजे

बागमती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका

दशैँ नजिकिएसँगै नयाँ बसपार्कमा यात्रुको घुइँचो

काठमाडौं–  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ

हेटौँडा उपमहानगरद्वारा नियमित सेवा प्रवाहको तयारी 

बागमती– जेन-जी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरपालिकाको भवन परिसरलाई

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले