भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन : रास्वपा « Khabarhub

भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन : रास्वपा


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।

रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले आज विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्नुभएको छ । उक्त प्रकरण सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ ।

“यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ, यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन, उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ”, विज्ञप्तिमा भनिएको छ । रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ ।

भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पु¥याएको भन्दै उक्त प्रकरणका बहुआयामिक पक्षलाई केलाएर अनुसन्धानलाई सोही ढङ्गले अगाडि बढाउन रास्वपाले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १० : ४६ बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा