सेयर बजारमा ५१.३१ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ५१.३१ अंकको वृद्धि


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारले सकारात्मक बाटो समाउन थालेको छ । नेप्से सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि सुधार देखिएको छ ।

यसैक्रममा मंगलबार नेप्से सूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा आएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बैंकिङ प्रणालीमा तरलता सहज हुनुका साथै ब्याजदर घट्न थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । यस्तै, सेयर भाउ निकै तल्लो विन्दुमा आएको छ । 

भाउ धेरै सस्तो भएकाले पनि अल्पकालीन र दीर्घकालीन दुवैथरिका लगानीकर्ता आकर्षित भएको अनुमान गरिएको छ । मंगलबार सेयर बजारले गति लिनुको अर्को कारण धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुला गर्नु पनि हो । ४३ वटा कम्पनीले एलओआई पाएकामा बोर्डले पहिलो चरणमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ । 

यस दिन २७१ कम्पनीको ६० लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एनआईसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ४ : ४७ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु