पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भन्दै छानबिन समिति गठनको माग | Khabarhub Khabarhub

पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भन्दै छानबिन समिति गठनको माग


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले अख्तियारले समय यस विषयमा अनुसन्धान गरिरहेको र आफूले त्यही विषयमा सदनमा कुरा राखेको समेत बताए । उनले सदनमा शिष्टतापूर्वक केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरूको फेहरिस्त बताएको र आफूले कुनै संसदीय मर्यादा उल्लंघन नगरेको जिकिर गरे ।

एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्ने सन्दर्भमा आफूले एमाले सरकारको पालामा भएका भ्रष्टाचारका काण्डहरूलाई आफूले उजागर गरेको उनले बताए । 

उनले आफूले तथ्यका आधारमा नै भ्रष्टाचारको विषय उठाएको र अहिले एमालेले अनावश्यक रुपमा सोही मुद्दालाई उठाएर सदन अवरुद्ध गरेको जिकिर गरे । पशुपतिमा जलहरी राखेको विषयमा एमालेमाथि तथ्यहीन आरोप लगाएको भन्दै एमालेले शुक्रबार सदन अवरुद्ध गरेको थियो ।

 

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ६ : ०९ बजे

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ ।

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा

झापा महिला गोल्डकपमा आज सङ्कटा र झापा भिड्ने

झापा– झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (बुधबार)

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम