गुजरात आईपीएलको फाइनलमा : मुम्बई ६२ रनले पराजित « Khabarhub

गुजरात आईपीएलको फाइनलमा : मुम्बई ६२ रनले पराजित


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साबिक विजेता गुजरात टाईटन्स १६ औं संस्करणको इन्डियन प्रिमियर लिग( आईपीएल)को फाइनल पुगेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै गुजरात फाइनल पुगेको हो ।

नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बई १८ दशमलब २ ओभरमा अलआउट भयो । उसले १ सय ७१ रन मात्र बनायो।

मुम्बईका लागि सूर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाए । मुम्बईका लागि तिलक बर्माले १४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रन जोडे । क्यामरन ग्रीनले ३० रन बनाए । गुजरातका लागि मोहित शर्माले ५ विकेट लिए । मोहम्मद सामी र राशिद खानले समान २–२ तथा जोशुवा लिटिलले १ विकेट हात पारे ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

गुजरातका लागि शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय २९ रनको शतकीय शानदार इनिङ खेले । गिलको एउटै सिजनको यो तेस्रो शतक हो । गिल १ सय २९ रन बनाएपछि आकाश मधवालको बलमा आउट भएका थिए ।

गुजरातका अर्का ओपनर ऋद्धिमान शाहले १६ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए । साई सुदर्शनले ३१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए । गुजरातका कप्तान हार्दिक पान्ड्याले १३ बलमा अविजित २८ रन बनाए । राशिद खानले २ बलमा ५ रन बनाए ।

मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १–१ विकेट लिए । गुजरातले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो ।

पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै चेन्नई फाइनल पुगिसकेको छ । आईपीएलको फाइनल आइतबार हुँदैछ । फाइनलमा गुजरात र चेन्नईबीच रोचक प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ६ : २३ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको