जेष्ठ १५ देखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने  | Khabarhub Khabarhub

जेष्ठ १५ देखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने 


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यही जेठ १५ देखि २६ गतेसम्म जनकपुरधाममा महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता–८० हुने भएको छ । मधेस प्रदेश क्रिकेट सङ्घ धनुषाले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी यही जेठ १५ देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । 

सङ्घका अध्यक्ष हिरा भगतले मधेस प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको प्रमुख सहयोगमा १५ गतेदेखि आयोजना हुने प्रतियोगितामा सातै प्रदेशका एक-एक गरी सात टिमको सहभागिता रहने र खेल राम जानकी बहुउद्देश्यीय खेल मैदानमा खेलाइने जानकारी दिए ।

सो अवधिमा २२ वटा खेल हुनेछन् । यसअघि जिल्लास्तरमा आयोजना भएको प्रतियोगिता पहिलो पटक प्रदेशस्तरमा आयोजना गर्न लागेको उनले बताए । प्रतियोगितामा विजेता टिमलाई रु तीन लाख र उपविजेताले दुई लाखसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको कूल लागत कूल ७० लाख लाग्ने अनुमान गरिएको जिल्ला क्रिकेट सङ्घ धनुषाका सचिव आसिसकुमार झाले बताए। 

पत्रकार सम्मेलनमा शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता महेन्द्रनारायण निधिको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएकोले यसलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरिएको बताए । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि जनकपुरधाममा खेलकुद गतिविधि बढाउने उद्देश्यले यसअघि मेयरकप क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको र १५ गतेदेखि हुने प्रतियोगिता त्यसकै निरन्तरता भएको बताए । उनले लोकतान्त्रिक आन्दोलनका नेता निधिको स्मरणसँगै सरकारलाई यहाँ बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला बनाउन ध्यानाकर्षणका लागि पनि महत्त्वपूर्ण हुने धारणा राखे । 

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : २० बजे

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो