दाताको सहयोगमा राधाकृष्ण मन्दिरमा धार्मिक पुस्तकालय | Khabarhub Khabarhub

दाताको सहयोगमा राधाकृष्ण मन्दिरमा धार्मिक पुस्तकालय


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ। बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन्।

रु चार लाखको लगानीमा स्थापित ‘राधाकृष्ण धार्मिक पुस्तकालय’को हरिहर आश्रम देवघाट आश्रमका पीठाधीश स्वामी महाराज ज्ञानानन्द सरस्वती महाराजले शुभारम्भ गरे। पुस्तकालयमा धार्मिकग्रन्थ, पुस्तकलगायत गरी पन्ध्र सय बढी पठन सामग्री सङ्ग्रह गरिएको छ।

पुस्तकालयका संस्थापक श्रेष्ठले बुवा ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको बताए। उनले भौतिक संरचना र पुस्तक थप्दै जाने बताए। “धार्मिक र आध्यात्मिक पुस्तक थप्दै जान्छौँ”, उनले भने, “राधाकृष्ण मन्दिरको एउटा अभिन्न अङ्गको रूपमा पुस्तकालयलाई विकास गर्ने योजना छ।”

राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले पुस्तकालयमा धर्म, परम्परा र संस्कृतिसँग सम्बन्धित पुस्तकहरू खोजी–खोजी सङ्ग्रह गरिने बताए। उनले श्रेष्ठ परिवारले पुस्तकालयसँगै मन्दिरको भौतिक पूर्वाधार र व्यवस्थापकीय सुधारमा उल्लेखनीय सहयोग पुर्‍याएको बताए।

बागलुङ–३ मा अवस्थित राधाकृष्ण मन्दिर हिन्दु धर्मावलम्बीहरूको पवित्रस्थल हो। श्रीकृणाष्टमीलगायत धार्मिक पर्वमा सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। स्थानीयवासीले मन्दिरलाई धार्मिक सत्सङ्ग र अनुष्ठानका गर्ने स्थलका रूपमा लिने गर्छन्।

स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा राधाकृष्ण मन्दिर विकसित भइरहेको सुनाए। उनले वैदिक धर्म, संस्कृति र पूर्वीय दर्शन तथा सभ्यताको उत्थान एवं प्रसारमा धार्मिक पुस्तकालयले महत्त्वपूर्ण टेवा पुर्‍याउने बताए।

उनले प्रविधि र यन्त्रमा आएको नयाँ विकासले पुस्तकालयको महत्व नघट्ने धारणा राखे। “पुस्तकालको महत्वपछि झन्–झन् बढ्छ”, उनले भने, “नयाँ–नयाँ प्रविधिको प्रयोग गरेर पुस्तकालयलाई थप सुसज्जित र समयानुकूल बनाउन सकिन्छ।”

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ६ : ५८ बजे

सिरहामा लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहाले अनुदानको ४० बोरा डिएपी मल

दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्धको पहिला ब्याटिङ गर्दै, आदिलको पुनरागमन

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

कस्ता छन् दशैंमा प्रदर्शनरत तीन चलचित्र ?

काठमाडौं- दशैंको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका

आजका समाचार : प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार, भित्र्याइयो फूलपाती र चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्तप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा

इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड

एजेन्सी– इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा